१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २४ बुधबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

८१ वर्षीय वृद्धको शव तिनाउमा फेला

Read Time : < 1 मिनेट
२०७७ असार २४ बुधबार १६:१५:००

बुटवलस्थित तिनाउ खोलामा ८१ वर्षीय निमबहादुर सेनको शव फेलापरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार उनलाई खोलाले बगाएकोमा बुधबार दिउँसो शव फेलापरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खडकबहादुर खत्रीका अनुसार मंगलबार साँझ बुटवल– ११ बुद्धनगरस्थित रहेको पुलमुनि तिनाउ खोला किनारमा हिँडिरहेको अवस्थामा उनी खोलामा खसेका थिए । 

सेन खोलामा लडेको र खोलाले बगाएको भनी स्थानीयले प्रहरी कार्यालयमा खबर गर्नासाथ प्रहरी बिट देवीनगर र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले खोजी गरेको थियो । 

खोजी गर्ने क्रममा  बुटवल– १७ रानीगन्जस्थित तिनाउ खोलाको किनारमा उनको शव फेलापरेको थियाे ।