मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २४ बुधबार १५:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीमा बुधबार २० कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
२०७७ असार २४ बुधबार १५:५४:००

कर्णालीमा पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल/पशुपंक्षी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २० संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश अस्पताल/पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएका परीक्षणमा सुर्खेतका १३ जना, दैलेखका २ जना, मुगुका २ जना गरि १७ जनामा र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ३ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ‘कर्णालीमा कोरोना संक्रमितको संख्या १५५० पुगेको छ,’ उनले भने, ‘नयाँ संक्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ ।’

त्यस्तै, १६ जनाले कोरोना जितेको डा. तिवारीले बताए । रुकुमपश्चिको चौरजहारी अस्पतालबाट २ जना, सल्यान अस्पतालबाट ५ जना, सुर्खेतको सालकोट आइसोलेसनबाट १ जना र चौकुने गाउँपालिकाको आइसोलेनसनबाट ८ जना कोरोना संक्रमणमुक्त  भएर डिस्चार्ज भएका छन् ।  योसँगै कर्णालीमा कोरोनामुक्त हुनेको संख्या १२९१ पुगेको छ । हाल कर्णालीमा कोरोना  संक्रमितको संख्या २५३ रहेको र ६ जनाको मृत्यु भएको डा. तिवारीले बताए ।