मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा विवाद : दुई अध्यक्ष ओली–प्रचण्ड आज पनि छलफलमा जुट्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार १३:५८:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको विवाद चुलिएपछि पटकपटक स्थायी कमिटी बैठक स्थगित गर्नुपरेको सन्दर्भमा पार्टीका दुई अध्यक्ष भने निरन्तर छलफलमा जुटिरहेका छन् । 

बुधबार अपराह्न ४ बजे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीच छलफल हुँदै छ । 

उनीहरूबीच मंगलबार पनि छलफल भएको थियो । मंगलबारको छलफलमा उनीहरूबीच स्थायी समिति बैठकलाई निरन्तरता दिने सहमति भएको भए पनि बुधबार बिहानै स्थायी समिति बैठक चौथोपटक स्थगित गरिएको छ । 

दुई अध्यक्षबीच आज पनि पार्टीभित्रको विवाद समाधानका विषयमा नै छलफल केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ । 

पार्टीभित्रको विवाद समाधानमा मध्यस्थताको भूमिका निर्वाह गर्नका लागि नेकपाभित्रका दोस्रो तहका केही नेताहरू अनौपचारिक रूपमा छलफलमा जुट्दै आएका छन् । 

तर, उनीहरूको भूमिका पनि प्रभावकारी रूपमा देखापर्न भने सकेको छैन ।