१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार २४ बुधबार १३:०५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्राकृतिक प्रकोपको जोखिममा कञ्चनपुर : बजारमा डुबान, गाउँमा कटान (फोटोफिचर)

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार २४ बुधबार १३:०५:००

दुई दिनदेखि अविरल रूपमा परिरहेको वर्षाका कारण कञ्चनपुर प्राकृतिक प्रकोपको उच्च जोखिममा परेको छ । वर्षाका कारण सहरी क्षेत्र डुबानमा परेका छन् भने ग्रामीण क्षेत्रमा कटान भइरहेको छ । 

भीमदत्त नगरपालिका– ३ भाँसीका स्थानीय गौराजबहादुर लिम्बूले उत्तरदेखि बगेर आउने खहरेखोलाका कारण निकास नहुँदा भाँसी क्षेत्र डुबानमा परेको बताए । बेलडाँडी गाउँपालिका– १ झर्नासागरका स्थानीय सुरेश देउवाले उत्तरी भेगमा वर्षा बढी हुँदा झर्नासागरमा पनि पानीको बहान बढेको बताए । 

‘उत्तरमा पानी पर्दा दक्षिणमा पानी बढेर आउँछ,’ उनले भने, ‘केही स्थानीयको जमिन सूक्ष्म रूपमा कटानी गरिरहेको छ ।’ बेलडाँडीका क्षेत्र बैबाह, झिलमिला, खैरीघाट, रतनपुरका केही बस्ती डुबानमा परेका छन् । भीमदत्त नगरपालिका– ४, महेन्द्रनगर बजारसहित, ऐठपुर १८ सालघारी, खैरभट्टी आसपासका क्षेत्र पनि डुबानमा परेका छन् ।

 

उत्तरी चुरे भेग भएर बग्ने खोलानालाका कारण डुबान भइरहेको छ । ‘बजार पूर्ण रूपमा डुबानमा छ,’ स्थानीय धनसिंह धामीले भने, ‘बिहानदेखि हामी बाहिर आउन पाएका छैनौँ ।’ खैरभट्टी क्षेत्रमा जलमग्न भएका कारण पाँचजना स्थानीयको घर र गोठमा पानी फसेको छ ।

कञ्चनपुरमा रहेका खोलानालामा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका स्थानीय त्रसित भएका छन् ।  महाकाली, दोदा नदी कटानी र पटानी गर्ने मुख्य नदीका रूपमा रहेका छन् । दोदा नदीछेउमै घर भएका लालझाडी गाउँपालिका– ४ जाईका पदम रानाले नियमित वर्षा हुँदा कटान हुने चिन्ता व्यक्त गरेका छन् ।