मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार ११:४१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोना प्रभाव : अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट बाहिरिन औपचारिक कदम चाल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार ११:४१:००

अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा हात झिकेको छ । 

अमेरिकाले कोरोना भाइरसको संक्रमणबारे चीनले खेलेको गतिविधिप्रति नरम बनेको र आँखा चिम्लेको आरोप विश्व स्वास्थ्य संगठनमाथि लगाउँदै आएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठनबाट अमेरिका औपचारिक रूपमा बाहिरिने जानकारी अमेरिकी संसद् र संयुक्त राष्ट्र संघलाई गराएकाे सिएनएनमा उल्लेख छ ।

ट्रम्प प्रशासनले औपचारिक रूपमा विश्व स्वास्थ्य संगठनबाट बाहिरिने जानकारी गराएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।  

अमेरिकी संसद्लाई यसबारे जानकारी प्राप्त भएको सिनेटको विदेश सम्बन्ध समितिका सदस्य रोबर्ट मेनेन्जाले जानकारी दिए ।

अमेरिकाले औपचारिक रूपमा विश्व स्वास्थ्य संगठनबाट बाहिरिने प्रक्रिया सुरु गरे पनि अबको एक वर्षसम्म अमेरिका संगठनमा रहन्छ । सन् ६ जुलाई २०२१ बाट अमेरिका संगठनबाट बाहिरिनेछ । 

संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ताले अमेरिकाले पठाएको सूचना प्राप्त भएको र थप प्रक्रियाबारे छलफल भइरहेको बताएका छन् । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक विश्व स्वास्थ्य संगठनमाथि कोरोना भाइरसले उत्पन्न गरेको अवस्थासँग जुध्न कुनै भूमिका नखेलेको र अमेरिकाले गर्दै आएको सहयोग रोक्ने बताउँदै आएका थिए ।

साथै उनले संगठनले कोरोना भाइरसपछि उत्पन्न परिस्थितिमा संगठनले चीनको अनावश्यक सहयोग गरेको आरोप पनि लगाउँदै आएका छन् । 

साथै कोरोना भाइरसबारे संगठनले समयमा नै गम्भीरतापूर्वक लिन नसकेको र आवश्यक पूर्वसतर्कतासहित विश्लेषणहरू गर्न नसकेको आरोप उनले लगाउँदै आएका छन् ।