Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ

एनआइसी एसिया बैंकको कर्जामा अधिकतम ब्याज ९.९९ प्रतिशत

सहजीकरणका लागि कर्जा सहायता केन्द्र, घरमै बसी सम्पूर्ण जानकारी लिन सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार ०६:०५:००

एनआइसी एसिया बैंकले साउन १ गतेदेखि कर्जामा अधिकतम ९.९९ प्रतिशत मात्र ब्याजदर लागू गर्ने भएको छ । बैंकले असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम चुक्ता गर्ने ग्राहकलाई यो सुविधा दिने भएको हो । 

बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्बिङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहकलाई साउन १ गतेदेखि ९.९९ प्रतिशत ब्याजदर लागू हुने बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ०७६ चैत मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने रकम भुक्तानी गरेमा छुट दिएको बैंकले जनाएको छ ।

सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याजलगायत तिर्न बाँकी रहेको बक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहक महानुभावहरूको बैंक खातामा जम्मासमेत गरिएको बैंकको भनाइ छ ।  

कर्जा सहायता केन्द्रको स्थापना
बैंकले कर्जासम्बन्धी सल्लाह, सुझाब तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने उद्देश्यले कर्जा सहायता केन्द्र स्थापना गरेको छ । 

कर्जा सहायता केन्द्रमा बैंकका ग्राहकले आफ्नो कर्जाका लागि योग्यता, कर्जाको फाराम, ब्याजदर, नवीकरण, नयाँ कर्जालगायत सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानका लागि घरमै बसी सहज तरिकाले जानकारी लिन सक्ने बैंकको भनाइ छ ।

कर्जा सहायता केन्द्रमा पहिलो सम्पर्क गरेपछि बैंकका प्रतिनिधिले तीन घन्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको बैंकले जनाएको छ ।