१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २४ बुधबार १०:३८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फुड पोइजन भएमा यी हुन् घरेलु औषधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २४ बुधबार १०:३८:००

- वर्षायाममा ब्याक्टेरिया र भाइरस बढी सक्रिय रहन्छन् । खानामार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरियाले फुड पोइजनिङ गराउँछन् ।

- खासगरी, ‘साल्मोनेला’ नामक परजीवीले फुड पोइजनिङ गराउँछ । र, झाडापखाला र बान्ता हुन्छ । समयमै उपचार गरिएन भने बिरामी गम्भीर अवस्थामा पनि पुग्न सक्छन् ।

- साग, तरकारी र काँचै खाइने खाद्यपदार्थबाट हुने फुड पोइजनिङको घरेलु उपचार पनि सम्भव छ । एन्टिब्याक्टेरियल ट्याब्लेट आवश्यक नहुन सक्छ ।

- सागपात र तरकारी राम्ररी सफा गरेर मात्र खाने गरौँ । माछा, मासु, अन्डा र तरकारी राम्ररी पकाएर मात्र खाऔँ ।

फुड पोइजनिङ भएमा नरिवलको पानी औषधि बन्न सक्छ । यसले शरीरमा इलेक्ट्रोलाइट तत्व पुर्‍याउँछ ।

- फुड पोइजनिङ भएमा नरिवलको पानी औषधि बन्न सक्छ । यसले शरीरमा इलेक्ट्रोलाइट तत्व पुर्‍याउँछ । झाडापखाला र बान्ता हुँदा शरीरमा फ्लुइड र इलेक्ट्रोलाइट कम हुन्छ । यसमा पाइने लौरिक एसिडले खानाजन्य हानिकारक जीवाणुलाई मार्न मद्दत गर्छ ।

- अदुवाचियाले पनि यस्तो वेलामा औषधिको काम गर्छ । यसमा पाइने एन्टिमाइक्रोबायल तत्वले ब्याक्टेरियासँग लड्न र छिटो निको हुन मद्दत पु-याउँछ । अदुवाचियामा थोरै मह मिसाएर दिनमा कम्तीमा तीनपटक पिउँदा फुड पोइजनिङबाट आराम मिल्छ ।

- यस्तै, कम बोसो र फाइबर पाइने हुँदा केरा पनि फुड पोइजनिङमा उपयोगी हुने चिकित्सकले बताएका छन् ।

- तुलसीको पातलाई उमालेर थोरै मह मिसाएर पिउँदा पेटमा राहत मिल्छ । तुलसीमा पाइने एन्टिमाइक्रोबायल तत्वले ब्याक्टेरिया संक्रमण रोक्छ । 

- लसुनमा प्रशस्त मात्रामा एन्टिमाइक्रोबायल तत्व पाइन्छन् । एक टुक्रा लसुन पानीमा राखेर पिउँदा ब्याक्टेरियल संक्रमणबाट मुक्ति पाउन सकिन्छ । 

- यस्तै, भान्सामा सहजै उपलब्ध बेसार, मेथी, जिरा, सौँप, स्याउको जुस, कागतीपानी, दही, मह, पुदिनाजस्ता मसला पनि फुड पोइजनिङबाट मुक्ति पाउन उपयोगी हुन्छन् ।