मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ

एनसेलको ‘ननस्टप युट्युब’ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार ०६:०५:००

एनसेलले आफ्ना फोरजी ग्राहकका लागि ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । कम्पनीले करसहित १ सय २८ रुपैयाँमा साताभरि ४८० पीमा युट्यब भिडियो हेर्न मिल्ने अफर ल्याएको हो । कम्पनीले नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि नवीन र विशेष सेवाहरूका साथ ग्राहकलाई हरेकपल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको जनाएको छ । 

यसमा साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्ने जनाइएको छ । फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनका लागि मान्य रहने कम्पनीले जनाएको छ । साथै, यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकका लागि सुलभ दरमा छुट्टाछुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन् । 

ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरेपछि हरेक दिन ५ सय एमबीका दरले ७ दिनसम्म २६ रुपैयाँमा ३५ सय एमबी थप डेटाको लाभ लिन सक्ने जनाइएको छ । उक्त डेटा ग्राहकले फेसबुक चलाउनका लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५ सय एमबीका दरले ७ दिनसम्म  ३५ सय एमबी थप डेटाको मज्जा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ । 

फेसबुक र टिकटकका लागि दुवै डेटा पनि लिन सक्नेछन् । यस अफरअन्तर्गतको ननस्टप युट्युबको फाइदा लिन ग्राहकसँग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोबाइल र एनसेलको फोरजी नेटवर्क कभरेजभित्र हुनुपर्ने कम्पनीले जनाएको छ ।