मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार ०६:०१:००
Read Time : < 1 मिनेट
अर्थ

एक्जिम कोड नवीकरणको म्याद थप्न नाडाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार ०६:०१:००

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भेटी एक्जिम कोड नवीकरणको म्याद थप गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा राजस्व समितिका उपसभापतिसमेत रहेका दुलालले एक्जिम कोड नवीकरणको म्याद २०७७ साल असोज मसान्तसम्मका लागि थप गर्न आग्रह गरेका हुन् ।  

नेपालमा ३० हजार व्यावसायिक कम्पनीहरू एक्जिम कोडमा दर्ता रहेको र हालसम्म पनि बन्दाबन्दी कायम रहेको, सडकमा जोर–बिजोरका सवारीसाधन सञ्चालनमा रहेको, सर्वोच्च अदालतले जिरो आवरको घोषणा गरेको स्थितिमा नवीकरण कठिन भएको एसोसिएसनले जनाएको छ । 

हाल नवीकरण गर्ने कम्पनीहरू १ हजार ५ सय मात्र रहेको सन्दर्भमा सबै कम्पनीहरूले निर्धारित समयावधिभित्र नवीकरण गर्न नसक्ने उनको भनाइ थियो । एक्जिम कोड नवीकरण गर्ने म्याद असार मसान्तसम्म मात्र रहेको छ ।