१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २३ मंगलबार २१:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक : सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न प्रधानमन्त्रीको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २३ मंगलबार २१:०४:००

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न निर्देशन दिएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)मार्फत यसको गृहकार्य गरी प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् । 

सरकारले स्वास्थ्य मापदण्ड लागू गरेर सार्वजनिक यातायात सञ्चालन गर्न लागेको छ । लकडाउन अझै लम्बिने, तर सार्वजनिक यातायात नचल्दा सर्वसाधारण समस्यामा परेपछि सञ्चालन गर्न लागिएको हो । त्यस्तै, ट्याक्सीमा एकजना मात्र यात्रु राख्ने गरी सञ्चालन गर्न दिने तयारीबारे पनि छलफल भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए । सिसिएमसीले यससम्बन्धी विस्तृत योजना बनाएपछि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्नेछ । यातायात व्यवसायी तथा ट्याक्सीचालकहरूले सार्वजनिक यातायात चलाउन दबाब दिँदै आएका छन् ।