मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असार २३ मंगलबार १९:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शैलेश थापा नयाँ आइजिपी, २२ महिना प्रहरी नेतृत्व सम्हाल्ने

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असार २३ मंगलबार १९:०२:००

शैलेश थापा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा बढुवा भएका छन् । वरीयतामा पहिलो नम्बरमा रहेका थापालाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

नेपाल प्रहरीको २८औँ महानिरीक्षक नियुक्त भएका थापाले अबको करिब २२ महिना प्रहरी नेतृत्व सम्हाल्नेछन् । हालको प्रहरी नियमावलीको प्रावधानअनुसार  उनी १९ वैशाख ०७९ सम्म प्रहरी महानिरीक्षक हुनेछन् । ३० वर्षे सेवाहदका कारण त्यसपछि उनले अवकाश पाउनेछन् ।

पूर्वडिआइजीका छोरा, इन्स्पेक्टरदेखि नै १ नम्बर
प्रहरीको सर्वाेच्च पदमा पुग्न सफल थापा नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक शम्भु थापाका छोरा हुन् । 

१९ वैशाख २०४९ मा नेपाल प्रहरीमा १६ जना इन्स्पेक्टर खुला प्रतिस्पर्धाबाट भर्ना भएका थिए । जसमा पहिलो नम्बरमा उनको  नाम निस्कियो । त्यसयता आफ्नो ब्याचमा उनी सधैँ अग्रस्थानमा छन् । डिएसपीमा उनकै ब्याचका राजेशलाल कर्ण पहिलो नम्बरमा बढुवा भएका थिए । सेवा परिवर्तन गरी फरेन्सिकतर्फबाट उनी बढुवा भएका थिए ।  

पछि  फेरि कर्ण प्रशासनतर्फ नै एसपीमा पहिलाे नम्बरमा बढुवा भएका थिए । एसपीमा कर्ण पहिलो नम्बर तथा दिलीप चौधरी दोस्रो तथा शैलेश तेस्रो नम्बरमा बढुवा भएका थिए । ०६७ सालमा बानेश्वर आन्दोलनमा घाइते भएका चौधरीलाई तत्कालीन कांग्रेस नेता विजयकुमार गच्छदारको दबाबमा बढुवा गरिएको छ । 

तर, एसएसपीमा फेरि सैलेश नै पहिलो नम्बरमा बढुवा भए । त्यसपछि डिआइजी र एआइजीमा पनि पहिलो नम्बरमा बढुवा हुन सफल भए ।  राजनीतिक लबिङ नभए पनि वरीयता नै उनलाई महानिरीक्षक बन्ने ढोका बन्यो । 

थोरै निष्ठावान प्रहरीमध्ये उनी एक भएको धेरै प्रहरी अधिकारीहरूको टिप्पणी छ । एक प्रहरी अधिकारी भन्छन्, ‘कतिपय राम्रा भनिएका प्रहरी अधिकृतहरूले आइजिपी भएपछि छवि बिगारेका छन्, थापाका लागि यो नै मुख्य चुनौती हो ।’