मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार २३ मंगलबार १८:३४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार २३ मंगलबार १८:३४:००

आफैँले चलाएको ट्याक्टर दुर्घटनामा परी माछापुच्छ्रे गाउँपालिका– ४ बाटुलेथरका ४५ वर्षीय रामचन्द्र अधिकारीको मृत्यु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार उनले चलाएको ट्याक्टर अनियन्त्रित भई सडकभन्दा करिब पाँच मिटर तल खसेको थियो । 

बाटुलेथरस्थित खेत जोतेर फर्कने क्रममा ग.१त २२८३ नम्बरको ट्याक्टर सडकबाट खस्दा सोही ट्याक्टरले च्याप्दा चालक अधिकारी घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।