मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २३ मंगलबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरिता गिरीलाई पार्टी र सांसद पदबाट हटाउने समाजवादी पार्टीकाे निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २३ मंगलबार १७:१५:००

सरिता गिरीलाई सांसद र पार्टी सदस्यबाट हटाउने समाजवादी पार्टीले निर्णय गरेको छ ।  

पार्टीका महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठन भएको छानबिन समितिले उनलाई दुवै पदबाट हटाउन सिफारिस गरेको हो ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयकमा गिरीले दर्ता गराएको संशोधन प्रस्ताव पार्टीकाे निर्देशनविपरीत फिर्ता लिन नमानेपछि उनलाई कारबाही गरिएको हो ।

समितिको सिफारिसका आधारमा पार्टीले गिरीलाई कारबाही गर्ने निर्णय गरेको समाजवादीका सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिए  ।