मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २३ मंगलबार १६:१३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : संक्रमितको संख्या १६ हजार नाघ्यो, आज थप दुई सय चारमा संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
२०७७ असार २३ मंगलबार १६:१३:००

पछिल्लो २४ घन्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई सय चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप भएकासमेत नेपालमा हालसम्म संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको छ । 

यो अवधिमा ६ सय ८८ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या सात हजार चार सय ९९ पुगेको छ । गौतमले संक्रमितमध्ये ४६ दशमलव ४ प्रतिशत निको भएको उल्लेख गरे ।

मंगलबार ६ हजार एक सय ३३ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको उनले जानकारी दिए । 

मन्त्रालयका अनुसार हाल संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या आठ हजार ६ सय ३४ छ भने क्वारेन्टाइनमा २५ हजार सात सय २७ जना छन् ।