१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २३ मंगलबार १५:३७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशमा २८ जनाले कोरोनामाथि पाए विजय

Read Time : < 1 मिनेट
२०७७ असार २३ मंगलबार १५:३७:००

कर्णाली प्रदेशमा मंगलबार २८ जनाले कोरोना भाइरसको संक्रमणमाथि विजय पाएका छन् । उनीहरू निको भएर घर फर्किएका हुन् ।

प्रदेशमा मंगलबार २८ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका हुन् । 

सुर्खेतको प्रदेश अस्पतालबाट दुईजना, चिंगाड गाउँपालिकाको आइसोलेसनबाट नाैजना, दैलेखको दुल्लु अस्पतालबाट दुईजना, भगवतीमाई गाउँपालिकाको आइसोलेसनबाट आठजना, नौमुले गाउँपालिकाको आइसोलेनसनबाट एकजना र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको आइसोलेसनबाट पाँचजना, रास्कोट नगरपालिकाको आइसोलेसनबाट एकजना डिस्चार्ज भएका हुन् । 

योसँगै कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या १२ सय ७५ जना पुगेको डा. लक्ष्मीनारायण तिवारीले बताए ।

त्यसैगरी पछिल्लो २४ घन्टामा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा १४ संक्रमित थपिएका हुन् । 

थपिएकामा सुर्खेतका १२ जना र सल्यानका दुईजना रहेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. तिवारीले जानकारी दिए । 

योसँगै कर्णालीका कोरोना संक्रमितको कुल संख्या १५ सय ३० पुगेको डा. तिवारीले जानकारी दिए  । 

‘हाल कर्णालीमा कोरोना संक्रमणका सक्रिय बिरामीको संख्या दुई सय ४९ जना रहेका छन्,’ उनले भने, ‘हालसम्म प्रदेशमा ६ जनाको ज्यान गएको छ ।’