मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २३ मंगलबार १५:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बोराभित्र पुरुषकाे शव  भेटियो

Read Time : < 1 मिनेट
२०७७ असार २३ मंगलबार १५:३४:००

चितवनमा एक पुरुषको  शव  बोराभित्र फेला परेको छ । पूर्व–पश्चिम राजमार्गनजिकै भरतपुर महानगरपालिका– १० स्थित  मैयादेवी कन्या कलेजअगाडि झाडीमा बोराभित्र बेवारिसे शव फेला परेको हो । 

शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार अहिले उनको पहिचानको खोजी भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।