Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार २३ मंगलबार १५:३०:००
मुख्य समाचार डिजिटल संस्करण

नेपाल आयल निगमको भण्डारण क्षमता नगन्य पाइयो : संसदीय  समिति

नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार २३ मंगलबार १५:३०:००

नेपाल आयल निगमको भण्डारण क्षमता नगन्य रूपमा पाइएकाले कम्तीमा पनि तीन महिनाका लागि आवश्यक पर्ने भण्डारण क्षमता बढाउनुपर्ने उद्योग समितिअन्तर्गतको उपसमितिले सरकारलाई सुझाब दिएको छ । धेरैजसो पेट्रोलियम पदार्थको डिपोहरूमा भण्डारण गर्ने क्षमता नभएर सीधै ट्यांकीलाई नै कागजी प्रक्रिया पूरा गरी पठाउने गरेको उपसमितिले बताएको छ ।

प्रकाश रसाइली स्नेहीको संयोजकत्वमा रहेको उपसमितिले तयार पारेको उक्त प्रतिवेदनमा भनिएको छ, ‘नेपाल आयल निगमको भण्डार भण्डारण क्षमता नगन्य रूपमा पाइयो । उपभोक्ताहरूलाई सरल र सहजमा उपलब्ध गराउन कम्तीमा पनि तीन महिनाका लागि आवश्यक पर्ने भण्डारण क्षमता बढाउनुपर्ने आवश्यकता छ ।’

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार उपसमितिले प्रतिवेदन बुझाउनुका साथै छलफल पनि भएको थियो । समितिले नेपाल आयल निगमका भरतपुर, अमलेखगन्ज, जनकपुर, विराटनगर, इलाम, झापामा रहेका पेट्रोलियम पदार्थको भण्डारण एवं बिक्री–वितरण सम्बन्धमा स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारेको थियो ।

उपसमितिले विभिन्न समस्याहरू पनि प्रतिवेदनमा उल्लेख गरेको छ । पाइपलाइनबाट आउने पेट्रोलियम पदार्थको कुनै औजार बिग्रेमा प्राविधिक नहुनुका साथै सामान पाउन पनि कठिनाइ रहेको बताइएको छ । त्यस्तै, कतिपय स्थानहरूमा सुरक्षाकर्मीहरूले ठाउँ ओगटेर बसेका कारणले भण्डारण क्षमता बढाउन कठिन रहेकोसमेत उपसमितिको ठहर छ ।