१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २३ मंगलबार १४:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोमा फसेकी महिलाको १८ घन्टापछि जीवितै उद्धार

सडक अवरुद्ध भएपछि उपचारमा समस्या

Read Time : < 1 मिनेट
२०७७ असार २३ मंगलबार १४:२२:००

गुल्मीको इस्मामा पहिरोमा फसेकी महिलाको १८ घन्टापछि जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका– २ की तारा कुमालको उद्धार गरिएको स्थानीय श्रीराम महतले जानकारी दिए ।

उनलाई मंगलबार दिउँसो साढे १ बजेतिर इस्मा गाउँपालिका– १ हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको महतले बताए । सोमबार साँझ ६ बजेबाट पहिरोमा फसेकी कुमालको शरीर पूरै निलो भएको छ । 

उनी पहिरोले बगाएको खेतबारीको मकै लिन गएकी थिइन् । कुमाल मकै बोकेर फर्कने क्रममा पहिरोमा फसेको र रातिदेखि ठूलो पानीसँगै बगेको लेदोले थप पुरेपछि १८ घन्टासम्म कुनै उद्धार नभएको स्थानीय ऋषिराम अर्यालले बताए । 

दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिहरूले पहिरोमा फसेको देखेपछि स्थानीय मिलेर कुमालको उद्धार गरिएको अर्यालले जानकारी दिए । हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध भएकाले उनलाई कुन माध्यमबाट अस्पताल पुऱ्याउने भन्ने चिन्ता बढेको छ  ।