मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २३ मंगलबार १३:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवकद्वारा झुन्डिएर आत्महत्या

Read Time : < 1 मिनेट
२०७७ असार २३ मंगलबार १३:१८:००

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ को नेवारेस्थित अम्बिका सामुदायिक वनमा एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका– ११ का १९ वर्षीय विकास पाण्डेलाई एक रूखमा  झुन्डिएर आत्महत्या गरेको अवस्थामा स्थानीयले फेला पारेका हुन् । 

मंगलबार बिहान जंगलमा च्याउ खोज्न हिँडेका स्थानीय बासिन्दाले उनलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती बताए । 

‘घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘शव पोस्टमार्टममा लागि प्रदेश अस्पतालमा लगिएको छ ।’