१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २३ मंगलबार १२:५७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आरम्भ र चौतारी लघुवित्तको एकीकृत कारोबार सुरु

Read Time : < 1 मिनेट
२०७७ असार २३ मंगलबार १२:५७:००

आरम्भ र चौतारी लघुवित्त वित्तीय संस्थाले सोमबारदेखि ‘आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । सोमबार बनेपामा एक औपचारिक कार्यक्रम गर्दै एकीकृत कारोबार सुरु गरिएको हो ।

दुईवटा लघुवित्तबीच ०७६ जेठ २२ गते मर्जर सहमति भएको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले गत फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले गत असार १ गते स्वीकृति दिएपछि सोमबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

मर्जपछि ‘आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था’को चुक्तापुँजी रु. २६ करोड ३४ लाख ४८ हजार पुगेको छ । यस्तै, ३१ वटा जिल्लामा लघुवित्तको सेवा विस्तार भएको छ  । 

मर्जपछि सदस्य संख्या ६२  हजार दुई सय दुई र ऋणीको संख्या ३३ हजार ६४ पुगेको बताइएको छ । लघुवित्तको कुल ऋण लगानी रु. २ अर्ब ५० करोड ८० लाख ७४ हजार छ ।
एकीकृत संस्थाको हालसम्म सञ्चालन नाफा रु. सात करोड ६१ लाख २७ हजार चार सय पाँच पुगेको छ भने खुदनाफा रु. ३ करोड ८१ लाख ९७ छ ।