मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार २३ मंगलबार १२:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धार्मिक र पवित्रस्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्य विकास हुन्छ : पर्यटनमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार २३ मंगलबार १२:३१:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले धार्मिक र पवित्रस्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्य विकास गरिने बताएका छन् ।

नेपाल एसबिआई बैंकको लगानीमा निर्माण भएको पशुपति मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपति क्षेत्रको सुन्दरतामार्फत भक्तजनहरूलाई धार्मिक र पवित्र तीर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताए ।

त्यसका लागि पशुपति क्षेत्रभित्र जीर्ण रहेका संरचनाहरूको पुनर्निर्माण गर्ने र सरसफाइमा उच्च ध्यान दिने कामहरू बाँकी रहेको मन्त्री भट्टराईले बताए । पशुपति क्षेत्रको समग्र विकासका लागि गुरुयोजना तयार पारिएको र मन्त्रिपरिषदबाट पारित भएपछि संरचना निर्माणका कार्यहरूले गति लिने उल्लेख गरे । 

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्र कस्तो बन्ने भन्ने विषयमा गुरुयोजना तयार भइसकेको र सोहीअनुसार नै यसको सौन्दर्य कायम गरिने बताए । कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेशद्वार निर्माण गर्न पाउँदा खुसी लागेको बताए । बैंकले पशुपति क्षेत्रको दक्षिणतर्फको प्रवेशद्वार, जुत्ता राख्ने घर, एटिएम घरलगायतका संरचना निर्माण गरेको छ ।