नेकपाका दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा मंगलबार पनि छलफल सुरु भएको छ ।
छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । उनी र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच एक्लाएक्लै छलफल चलिरहेको स्रोतले जनाएको छ ।
उनीहरूले छलफलमा दोस्रो तहका नेताहरूलाई सहभागी गराएका छैनन् ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीकाे राजीनामा माग भएपछि पार्टीमा विवाद चुलिएकाे छ ।
यसले गर्दा जारी स्थायी कमिटी बैठकसमेत लगातार स्थगित भइरहेकाे छ ।
अध्यक्ष पुष्पकमल दाहालले समेत प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाका शीर्ष नेताहरूबीच अविश्वासको वातावरण चुलिन पुगेको छ ।
सोही विवाद समाधान गरी पार्टीलाई अगाडि बढाउने भन्ने विषयमा दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।
सोमबार पनि उनीहरूबीच छलफल भएकाे थियाे । साे बैठकमा अबका छलफल दुई अध्यक्ष मात्र बसेर गर्ने समझदारी भएको थियो ।