१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २३ मंगलबार ११:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाका शीर्ष नेता भेट्दै चिनियाँ राजदूत, आज भेटिन् झलनाथ खनाललाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २३ मंगलबार ११:११:००

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेकी छिन् । 

बिहान खनालनिवास डल्लु पुगेकी राजदूत यान्छी र नेता खनालबीच ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किरहेका वेला भएको यस भेटलाई निकै अर्थपूर्ण रूपमा लिइएको छ । 

आइतबार मात्र राजदूत यान्छीले नेकपाका अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् । 

नेकपाभित्र विवाद चर्किएपछि केही दिनअघि राजदूत यान्छीले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरी छलफल गरेकी थिइन् ।

नेकपाभित्र पार्टी अध्यक्षसमेत रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा माग भएपछि विवाद चर्किएकाे हाे ।  

यसले गर्दा नेकपाको जारी स्थायी समिति बैठकसमेत तेस्राेपटक स्थगित भएकाे छ ।  

शीर्ष नेताहरूका बीच समस्या समाधानका लागि छलफल र वार्ता भए पनि कुनै पनि निष्कर्षमा भने पुगेकाे छैन । 

यस्तो अवस्थामा चिनियाँ राजदूत यान्छीले निरन्तर नेकपाका शीर्ष नेताहरूसँगको भेट बढाउनुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।