१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २३ मंगलबार १०:४१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बाग्लुङमा थप १२ जना कोरोना जितेर घर फर्किए

Read Time : < 1 मिनेट
२०७७ असार २३ मंगलबार १०:४१:००

बाग्लुङमा थप १२ जनाले कोरोनामाथि विजय हासिल गरेका छन् । 

धौलागिरि अञ्चल अस्पतालको आइसाेलेसनमा रहेका आठजना र धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा रहेका चारजना कोरोना जितेर घर फर्किएका हुन् । 

यससँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या एक सय १० पुगेको छ । 

उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि आइसाेलेसनबाट डिस्चार्ज गरी घर फर्काइएको अस्पतालले जनाएको छ ।

घर फर्किनेमा काठेखोला गाउँपालिकाका पाँचजना, ताराखोला गाउँपालिकाका दुईजना, गलकोट नगरपालिकाका दुईजना, बाग्लुङ नगरपालिकाका दुई जना र बरेङ गाउँपालिकाका एकजना रहेको अस्पतालका निमित्त मेसु डा. शैलेन्द्र बी पोखरेलले बताए ।  

उनीहरूमध्ये अधिकांश दुई साता मात्रै अस्पतालमा बसेका थिए । गलकोटका दुई युवा भने एक महिनासम्म आइसोलेसन बसेका थिए । 

अधिकांशको दोस्राेपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो भने गलकोटका युवाको तेस्रोपटकमा नेगेटिभ आएको अस्पतालले जनाएको छ । 

उनीहरूको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । 

हाल ९८ जना आइसोलेसनमा छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्रमुख गुरौले बताए ।