मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नवराज मैनाली काठमाडौं
२०७७ असार २३ मंगलबार ०९:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक बस्दै : नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्तिको तयारी

एआईजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल मुख्य प्रतिस्पर्धी

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असार २३ मंगलबार ०९:१२:००

सरकारले आज नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्तिको तयारी गरेको छ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबारदेखि अवकाश पाउन लागेकाले नयाँ महानिरीक्षक नियुक्त गर्न लागिएको हो । 

दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । महानिरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन आएको गृह मन्त्रालय स्रोतले बतायो । 

एआइजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल नेपाल प्रहरीको २८औँ महानिरीक्षकको प्रतिस्पर्धी हुन् । 

एआइजीमध्ये जसलाई पनि नियुक्त गर्न सक्ने प्रावधान प्रहरी नियमावलीमा छ । दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको, तर एजेन्डा प्राप्त भइनसकेको कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बताइन् ।