मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २२ सोमबार १८:३१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीमा कोरोना : १८ जना थपिए, १६ जनाले जिते

Read Time : < 1 मिनेट
२०७७ असार २२ सोमबार १८:३१:००

कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको नमुना परीक्षणमा एकजनामा, भेरी अस्पताल नेपालगन्ज र दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण फेला परेको हो । 

स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एकजना, भेरी अस्पताल नेपालगन्ज र दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका १४ जनामा र जाजरकोटका तीनजनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । योसँगै कर्णालीका कोरोना संक्रमितको संख्या एक हजार पाँच सय १६ पुगेको डा. तिवारीले जानकारी दिए  । 

कर्णालीमा आइतबार १६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको डा. तिवारीले जानकारी दिए । ‘सुर्खेत पञ्चपुरी आइसोलेसनबाट सात, गुर्भाकोट आइसोलेसनबाट पाँच, प्रदेश अस्पताल सुर्खेतबाट तीनजना डिस्चार्ज भएका छन्,’ उनले भने, ‘जाजरकोटको बारेकोट आइसोलेसनबाट एकजनाले कोरोना संक्रमण जित्नुभएको छ ।’ योसँगै कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या एक हजार दुई सय ४७ जना पुगेको डा. तिवारीले बताए । हाल कर्णालीमा कोरोना संक्रमणका सक्रिय बिरामीको संख्या दुई सय ६३ छ ।