मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २२ सोमबार १७:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संक्रमणको जोखिम बढेपछि मास्क नलगाई बाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २२ सोमबार १७:४२:००

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले घरबाहिर निस्किँदा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । संक्रमित व्यक्तिहरू पनि मास्क नलगाई निस्कन सक्ने र उनीहरूबाट संक्रमण फैलन सक्ने भएकाले मास्क नलगाउनेलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारीले बताए । 

‘स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्ने सर्तमा लकडाउन खुकुलो भएको हो,’ उनले भने, ‘तर नियम उल्लंघन बढेपछि संक्रमण फैलने जोखिम बढेको छ, त्यही भएर कडाइ  गरिएको हो । नियम उल्लंघन गर्नेलाई संक्रामक रोग ऐनअनुसार कारबाही गर्न परिपत्र भएको छ ।’ 

केही दिनयता आन्तरिक संक्रमण बढेपछि स्वास्थ्यसम्बन्धी प्रोटोकल पालनामा कडाइ गर्न लागिएको हो ।