मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २२ सोमबार १५:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

लमजुङमा ११ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५७ पुग्यो    

Read Time : < 1 मिनेट
२०७७ असार २२ सोमबार १५:१७:००

लमजुङमा सोमबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय  लमजुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा बेंसीसहर नगरपालिका– ११ का  ३८ वर्षीय पुरुष, बेंसीसहर– ८ का २५  वर्षीय र  २ का ३५  वर्षीय पुरुष रहेका छन् । यस्तै, सुन्दरबजार नगरपालिकाका  १ र ८ का २२ वर्षीय  र ३१ वर्षीय पुरुष रहेका छन ।

त्यस्तै राइनास नगरपालिका– ४ का ४७ वर्षीय पुरुष रहेका छन् । क्वहोलासोंथर गाउँपालिका– ९ का  २४ र ४५ वर्षीय पुरुष, दोर्दी गाउँपालिका– १ का ३० वर्षीय पुरुष र  मध्यनेपाल नगरपालिका– ३ का ५४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए ।

उनीहरू सबैलाई जिल्लामा रहेको आइसोलेसनमा ल्याउने तयारी भएको प्रशासनले जनाएको छ । योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । लमजुङमा हालसम्म तीन महिला र सात पुरुष गरी १० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै शनिबारबाट लमजुङमा लकडाउनलाई थप कडाइ बनाइएको छ ।