मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २२ सोमबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंकको एकीकृत कारोबार शुभारम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २२ सोमबार ०६:००:००

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपालले आइतबारबाट संयुक्त कारोबार शुभारम्भ गरेको छ । आइतबार संयुक्त कारोबारको शुभारम्भ गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारालाई सार्थक बनाउँदै मध्यम वर्गीय नेपालीको बैंक बन्न बैंकलाई सुझाब दिएका छन् । 

त्यस्तै, गण्डकी प्रदेश सभाका सदस्य बिन्दुकुमार थापा र पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीले गण्डकी विकास बैंकलाई प्राप्ति गरेकोमा मेगा बैंकलाई शुभकामना दिएका छन् । 

मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार शुभारम्भ गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । पोखरामा केन्द्रीय कार्यालय रहेको र ९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकास बैंक मेगा परिवारमा समाहित भएको घोषणा गर्दै उनले पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत् वृद्धि भई देशकै ठूलोमध्येको वाणिज्य बैंकका रूपमा स्थापित भएको बताए । 

अध्यक्ष शाहका अनुसार मेगा बैंक र गण्डकी विकास बैंकको सेयर आदान–प्रदान अनुपात १ः१ रहेको छ । कार्यक्रममा साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले मेगा बैंकमा समाहित हुन पाउँदा आफूहरू अत्यन्तै हर्षित भएको बताए । 

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा कार्यालय विस्तार भएको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि गण्डकीमा बैंकका शाखा सञ्जाल ४८ वटा पुगेको बताइन् । उनले गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकका शाखा सञ्जाल ५८ जिल्लामा फैलिएको जानकारी दिइन् । 

देशका २७ वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औँ स्थान, कर्जाका आधारमा १२औँ र मुनाफाका आधारमा ११औँ स्थानमा रहेको छ । यसैगरी, मेगा बैंकको कर्मचारी संख्या पनि १२ सयबाट १८ सय पुगेको छ ।