घरमै सरल तरिकाले प्रयोगमा ल्याउन सकिने कोरोना परीक्षण विधि कोरोना भाइरस विस्तार नियन्त्रणका लागि महत्वपूर्ण औजार बन्न सक्छ । सानो ट्युबमा रहने रासायनिक घोलमा थुकेर परीक्षण गर्न सकिने परीक्षण विधि लगभग प्रयोगमा आउने चरणमा छन् । नियामक संस्थानले यिनको प्रयोगलाई प्रोत्साहित गर्ने र तिनको स्वीकृति दिने हो भने परीक्षण विस्तार र महामारी विस्तार रोक्न सकिन्छ ।
अध्ययन र परीक्षणमा रहेकामध्ये एउटा विधिमा कागजको सानो टुक्राबाटै भाइरसको जाँच हुन्छ । यो विधि धेरै सस्तो छ र प्रयोग गर्न पनि निकै सजिलो छ । यही कारणले यो विधिलाई हरेक व्यक्तिले तिनको घरमा प्रत्येक दिन प्रयोगमा ल्याउन सक्छन् । सलिनको घोलमा थुकेर त्यसमा प्रोटिन दलिएको सानो कागज डुबाएपछि थुकमा पर्याप्त भाइरस छ भने कागजको टुक्राले १५ मिनेटमा रंग बदलेर संक्रमण रहेको संकेत गर्छ । त्यस्तो अवस्थामा तपाईंले आफूलाई घरमै क्वारेन्टाइनमा राखेर सम्बन्धित निकायलाई सम्पर्क राख्नुपर्छ । त्यसपछि आम रूपमा स्विकारिएको भाइरस परीक्षण विधि अर्थात् पोलिमेरेज चेन रियाक्सन स्वाब परीक्षणबाट रोग पुष्टि गरिन्छ । अब तपाईंको दैनिक परीक्षण नेगेटिभ नआएसम्म तपाईं क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।
ठूला प्राज्ञिक अनुसन्धान प्रयोगशाला इ२५बायो, सरलक बायोसाइन्स, म्यामथ बायोसाइन्स कागजको टुक्रामा आधारित परीक्षण र त्यस्तै अन्य साधारण परीक्षण विधि विकास गर्ने चरणमा पुगेका छन् । यी परीक्षण विधि दैनिक प्रयोग गर्न सकिन्छ । परीक्षण रहेका केही विधिले निकै राम्रो प्रभावकारिता पनि देखाइरहेका छन् । र, फेरि कागजका टुक्रा केही दिनभित्रै ठूलो परिमाणमा निर्माण गर्न सकिन्छ । अर्थात् सरकारले चाहेमा देशका सबै मानिसलाई नियमित पुग्ने गरी निर्माण गर्न सकिन्छ । यसको मूल्य एक व्यक्तिमा दैनिक १ डलरदेखि ५ डलरबीचमा पर्नेछ ।
हाल कोरोना परीक्षणमा प्रयोग भइरहेको पिसिआरजस्तो परीक्षण निकै महँगो पर्न आउँछ, तिनको मूल्य ५० डलरदेखि १५० डलरसम्म पर्छ । यो परीक्षणको परिणाम आउन केही समय लाग्छ । एक रिपोर्टअनुसार अमेरिकामा यही कारण ९० प्रतिशत संक्रमितको परीक्षण नै हुँदैन, परीक्षण भएका व्यक्तिको पनि एकपटक मात्र परीक्षण भएको पाइएको छ ।
हालको कोरोना परीक्षणको खर्च उच्च पर्ने भएकाले समुदायमा संक्रमण परीक्षण गर्ने विधि अवलम्बन गरिन्छ । यो कुनै व्यक्ति संक्रमित छ कि छैन भनेर निक्र्योल गरेजस्तो होइन । यसअन्तर्गत धेरै जनाबाट लिइएको स्वाब स्याम्पल एकैपटक जाँच गरिन्छ र त्यसमा भाइरस पाइएमा स्वाब लिइएका सबै व्यक्तिको परीक्षण गरिन्छ । सामूहिक परीक्षण धेरै देशमा प्रयोगमा छ । कागजी टुक्रा परीक्षणले पनि त्यस्तै काम गर्छ । हालको पिसिआर परीक्षणले अत्यन्त सानो परिमाणमा रहेको भाइरस तत्वलाई पनि पहिचान गर्छ भने कागजीले भने स्वाबमा पर्याप्त परिमाणमा रहेको भाइरस मात्र खुट्याउँछ ।
पिसिआरजस्तो परीक्षण निकै महँगो पर्न आउँछ । तिनको मूल्य ५० डलरदेखि १५० डलरसम्म पर्छ । र, यो परीक्षणको परिणाम आउन केही समय लाग्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको रिपोर्टले देखाएअनुसार संक्रमित १० अमेरिकीमध्ये ९ जनाको परीक्षण नहुनुमा यही कारण छ । परीक्षण भएका व्यक्तिको पनि एकपटक मात्र परीक्षण भएको पाइएको छ । यदि तपाईं संक्रमित हुनुहुन्छ र तपाईंको कहिल्यै परीक्षण भएको छैन भने तपाईंले नजानेरै संक्रमण फैलाउन सघाइरहनुभएको हुन्छ ।
एकपटक परीक्षण भएर नेगेटिभ देखिएको पनि पछि संक्रमित हुन सक्छन् । अन्त्यमा यदि तपाईंको पिसिआर स्वाब पोजेटिभ छ र त्यसको परिणाम पाँच दिनपछि आउँदा त्यसबीचमा तपाईंले रोग सार्ने सम्भावना रहन्छ । सामूहिक परीक्षण विधिले विश्वविद्यालय तथा ठूला कम्पनीका लागि पिसिआर परीक्षणको मुख्य उल्लेख्य न्यून बनाइदिन्छ । तर, सरकारको समन्वयको अभावमा यसलाई सम्पूर्ण देशवासीको परीक्षणका लागि नियमित प्रयोगमा गर्न सकिँदैन । त्यस्तो अवस्थामा कागजी टुक्रा परीक्षणको उपयोगिता देखिन्छ । सबैले प्रत्येक दिन प्रयोग गर्न सक्ने भाइरस परीक्षण विधिले हाल पहिचान नभएर रहेका संक्रमितको पहिचान गराउन सघाउँछ । फेरि यस्तो परीक्षणपछि पनि पिसिआर स्वाब परीक्षण गरिने भएकाले संक्रमितको शतप्रतिशत पुष्टि हुन्छ नै ।
तर प्रयोगमा आएपछि पनि सबैले कागजी टुक्रामा आधारित परीक्षण गर्लान् त भन्ने प्रश्न आउँछ । यसमा बजारको अग्रसरताले सहयोगी भूमिका खेल्छ । सबैलाई कागजी टुक्राको परीक्षण प्रदान गरिसकेपछि सम्भवतः रोजगारदाताले आफ्ना श्रमिक कार्यस्थल पस्नुअघि यसको नेगेटिभ परिणामको माग गर्नेछन् । कलेजहरूले पनि आफ्ना विद्यार्थी कलेज पस्नुअघि यस्तो माग गर्न सक्छन् ।
रेस्टुरेन्टले पनि कुनै ग्राहकलाई ठाउँ खाली गर्नुअघि नेगेटिभ परीक्षणको माग गर्न सक्छन् । छोटोमा भन्दा सबैका लागि अर्थतन्त्रका विभिन्न अवयवमा सहभागी हुनका लागि परीक्षण गर्नुपर्ने हुन सक्छ । कागजी टुक्रा परीक्षण विधिको प्रभावकारिता प्रमाणित भइसकेपछि तिनले निमायक संस्थाबाट स्वीकृति पाउनेछन् । सरकार र सदनले सबैलाई पहँुच पुग्ने हिसाबमा यसको निर्माण र वितरण प्रत्याभूत गराउनुपर्छ । त्यसपछि खोप र औषधि विकास नभइसकेको अवस्थामा पनि यो खतरनाक महामारीको नियन्त्रणमा उलेख्य हतियार हासिल हुन्छ ।
(लरेन्स कोट्लिकोफ बोस्टन विश्वविद्यालयका अर्थशास्त्रका प्रध्यापक हुन् र माइकल मिना हार्वड विश्वविद्यालयका संक्रमण रोगका सह–प्राध्यापक हुन् ।)
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य