१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
लेखनाथ न्यौपाने
२०७७ असार २२ सोमबार ०९:२७:००
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

क्युवाबाट केही सिक्ने कि ?

लिभिङ प्लानेट प्रतिवेदनले भनेको छ, ‘विश्वमा क्युवा मात्र त्यस्तो देश हो, जसले वास्तवमै दिगो विकास हासिल गरेको छ’ 

Read Time : > 7 मिनेट
लेखनाथ न्यौपाने
२०७७ असार २२ सोमबार ०९:२७:००

क्यारेवियन सागरस्थित सानो (१ लाख ९ हजार ८८४ वर्गकिलोमिटर) मुलुक क्युवासँग प्रकृतिप्रदत्त सम्पत्ति समुद्रबाहेक केही छैन । त्यही मुलुकले व्यहोरेको पटक–पटकका ठुल्ठूला संकटहरू, त्यसबाट मुक्ति पाउन उसले बुनेका योजना र प्रयत्नहरू एवं धेरै हन्डरपछि सम्भव तुल्याएको आत्मनिर्भर अर्थतन्त्रको विकासबारे हाम्रा जस्ता देशले शिक्षा लिन जरुरी छ । हाम्रो अगाडि देखिँदै गरेका संकटलाई पार लगाउन पनि क्युवा पढ्नुपर्ने देखिन्छ । यस अर्थमा विनापूर्वाग्रह (कम्युनिस्ट वा कम्युनिस्टको समाजवाद भनेर होइन) तथ्य र परिणामलाई आधार बनाएर क्युवालाई बुझ्नुपर्छ । हामीले व्यहोर्दै गरेको र अझ व्यहोर्नुपर्ने संकटबाट मुक्त हुने बाटो हामी आफैँले खन्न सक्नुपर्छ भन्ने प्ररेणा क्युवाले दिइरहेको छ ।

१६औँ शताब्दीदेखि स्पेनी साम्राज्यको उपनिवेश रहेको क्युवा उसको अमेरिकी महादेशको राजधानी थियो । उपनिवेशकालको सुरुमै क्युवाका आदिवासीको ठूलो मात्रामा हत्या भयो । झन्डै पाँच लाख अफ्रिकीलाई दासको रूपमा क्युवा ल्याएर उखुखेतीमा लगाइयो । २०औँ शताब्दीको अन्त्यसम्म क्युवाको अर्थतन्त्रको मेरुदण्ड उखुखेती रह्यो । 

१९औँ शताब्दीको अन्त्य हुँदै गर्दा क्युवाको स्वतन्त्रतावादी आन्दोलनमा अमेरिकाले हस्तक्षेप ग-यो । स्पेन पराजित त भयो, लगत्तै अमेरिकीहरूको दादागिरी सुरु भयो । जमिनदारहरूलाई आफू अनुकूल बलियो बनायो । स्पेनबाट स्वतन्त्र भएको तीन दशकमै अमेरिकीहरूले क्युवाको धेरैजसो जमिन लिए । चिनी उद्योगका लागि व्यापक मात्रामा उखु लगाउन थाले । जमैका, हैटीलगायत छिमेकी मुलुकबाट लाखौँको संख्यामा सित्तैमा श्रमिक ल्याउन थालियो । ती श्रमिकलाई ज्यालाको सट्टा सा–साना जमिनका टुक्रा दिन थालियो । क्युवालीले उत्पादन गर्ने उखुको मूल्य नगण्य बनाइयो ।

२०औँ शताब्दीको मध्यतिर आइपुग्दा सम्पूर्ण खेतीयोग्य जमिनको ४७ प्रतिशत स्वामित्व १.५ प्रतिशत जमिनदारको हातमा पुग्यो भने ६८ लाख हेक्टर खेती गरिएको जमिनमध्ये ३० प्रतिशतमाथिको स्वामित्व पाँचवटा अमेरिकी चिनी कम्पनीको हातमा गइसकेको थियो । परिणाम ग्रामीण क्षेत्रका आधा (लगभग २३ लाख) भन्दा बढी क्युवाली किसानले जमिनमाथिको स्वामित्व गुमाउन पुगे । त्यतिवेला क्युवामा अमेरिकी कठपुतली बाटिस्टा नेतृत्वको सत्ता थियो । 

सन् १९६० ताका क्युवामा चार लाख हल गोरु थिए भने १९८९ सम्म पुग्दा कतै–कतै मात्र गोरु देखिन्थे । १९९७ मा गोरु प्रदर्शनी भयो । त्यहाँ २ हजार ३४४ हल गोरु जम्मा भए भने ६४ हजार २७९ किसान सहभागी बने । २००२ सम्म आइपुग्दा ३ लाख हलभन्दा बढी गोरु काममा लगाउन थालियो ।

सन् १९५९ मा क्युवामा वामपन्थी छापामार विद्रोह सफलतासँगै बाटिस्टा शासन ढल्यो । फिडेल क्यास्ट्रोको नेतृत्वमा क्रान्तिकारी सरकार निर्माण भएपछि कृषि कानुन बनाएर आंशिक भूमिसुधारको घोषणा गरियो । मोही, भूमिहीन किसान र सुकुम्बासीलाई जमिन वितरण गरियो । त्यसलगत्तै क्युवा अमेरिकाको दबाब, धम्की र नाकाबन्दीमा प्रवेश ग-यो । सुरुमा प्रतिक्रान्तिमार्फत सरकार ढाल्ने षड्यन्त्रमा उत्रियो ।

सन् १९६१ मा फिडेलले आफू मार्क्सवादी, लेनिनवादी भएको घोषणा गरे । १९६३ मा दोस्रो भूमिसुधार कार्यक्रम घोषणा भएपछि खेतीयोग्य जमिनको २५ प्रतिशत हिस्सा गरिब किसानलाई वितरण गरियो । दुई लाख किसानले जमिन प्राप्त गरे । अमेरिकी स्वामित्वमा रहेको उखु बगान (जसको उखु उत्पादनमा ६३ प्रतिशत हिस्सा थियो) समेत राष्ट्रियकरण भयो । त्यसपछि क्युवामाथिको अमेरिकाको औपचारिक नाकाबन्दी सुरु भयो, जुन आज पनि सारमा जारी छ ।

अमेरिकी नाकाबन्दीपछि बाध्यता र वैचारिक निकटताका कारण क्युवा शोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरूस“गको व्यापारिक सहकार्यमा प्रवेश ग-यो । सहकार्यपछि उसमाथिको संकट मात्र टरेन कि ती देशका बजारमा आफ्नो चिनी पाँच गुणा बढी मूल्यमा बेच्न र अमेरिकाको भन्दा सस्तोमा पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अन्य वस्तु आयात गर्ने सुविधा प्राप्त ग-यो । यो सुविधासँगै क्युवा कृषिमा यन्त्रिकीकरण, रासायनिकीकरण र आधुनिकीकरण गर्दै उत्पादनमा तीव्र विकास ग-यो । १९८० सम्म आइपुग्दा एक हजार हेक्टर जमिनका लागि २१ वटा ट्र्याक्टर पुग्ने गरी कृषिमा यान्त्रिकीकरण भएको थियो, जुन ल्याटिन अमेरिकी देशहरूमध्ये उच्च विकासको अवस्था थियो।

सन् १९६९ मा क्युवामा भीषण आँधीले अर्थतन्त्रको मेरुदण्ड रहेको उखुखेतीलाई तहसनहस बनायो । फिडेलले जनतामाझ उभिएर ‘संकटबाट मुक्त हुन हामी सबैसँगै भिडौँ’ भन्ने अपिल गरे । उखु किसानलाई दिइँदै आएको सुविधा कटौती गरियो । ‘देश संकटका वेला छ’ भनेर कटौती जनताले स्वीकार गरे । उत्पादन बढाउन बिदाहरू कटौती भए । सेना र कर्मचारीलाई उत्पादनमा खटाइयो । स्वयं फिडेल कोदालो बोकेर दैनिक उत्पादन कार्यमा संलग्न भए । पार्टी कार्यकर्तालाई उत्पादनमा अनिवार्य खटाइयो ।

श्रम अनुशासन र समाजवादी आदर्शबाट प्रशिक्षित जनता, नेता, कार्यकर्ता, सेना, कर्मचारी सबै फिडेलको अपिलमा दिनरात परिचालित भए । निःस्वार्थ भाव, देशप्रति त्याग र समपर्णको परिणाम संकटबाट जनता मुक्ति भए र सँगै खुसी बाँडे । समाजवादी देश र नेतृत्वको कुशलताबाट छोटो समयमै राम्रो प्रगति भएको विषयलाई युरोपियन बुद्धिजीवीहरूले नयाँ विषय अध्ययन गर्ने विश्वविद्यालय भनेरसमेत सकारात्मक सन्देश सार्वजनिक गरे । 

आठौँ दशकको अन्त्यतिर आइपुग्दा क्युवा विकसित अवस्थामा पुग्यो । अन्तर्राष्ट्रिय विकास परिषद्को रिपोर्टअनुसार क्युवाको भौतिक जीवनको गुणस्तर सूचक (शिशु मृत्युदर, साक्षरता, औसत आयुलगायतको पक्ष) क्युवा विश्वको ११औँ स्थानमा विकसित भयो । जब कि त्यतिवेला त्यही सूचकमा अमेरिका १५औँ स्थानमा थियो । शिक्षा र स्वास्थ्यमा यति धेरै प्रगति ग-यो कि आज संसारले यो विषय क्युवाबाट सिक्न खोज्दै छ । आज क्युवाका डाक्टरहरू र प्राध्यापकहरूसहित २० हजार स्वास्थ्यकर्मी त दक्षिण अमेरिकाभर परिचालित छन् भने अफ्रिकाका अधिकांश देशमा गएर सेवा गर्दै आफ्नो देशको गौरव बढाइरहेका छन् ।

सोभियत संघमा १९८८ देखि मिखाइल गोर्भाचोभले पुँजीवादी उदारवादी अर्थनीति लागू गरेपछि क्युवासँगको सम्बन्ध चिसिन थालेको थियो । त्यसो त १९६० मा चेले सोभियत संघको अध्ययन भ्रमण सकेर फर्केपछि स्टालिनको पालाको जस्तो समाजवाद नरहेको, उत्पादक शक्तिको विकास गर्न पुँजीवादी पद्धति अपनाएको, भौतिक लाभमा प्रोत्साहन गरेर पार्टी काममा वा उत्पादनमा मजदुरलाई लगाउनु गलत भएको भनेर आलोचना गरेका थिए । १९६५ मा अल्जियर्सको एउटा कार्यक्रममा सार्वजनिक रूपमै यस्तो चरित्रलाई सरासर साम्राज्यवादी शोषणकै चरित्र हो भनेका थिए । त्यसपछि क्युवा कम्युनिस्ट पार्टीभित्रका सोभियत संघ पक्षधरहरूले चेलाई खेद्न थाले, उनी क्युवा छाडेर हिँड्न बाध्य भए । 

आज क्युवाली जनतालाई प्रतिदिन प्रतिव्यक्ति २६ सय क्यालोरी खाद्यान्न, आधा केजी ताजा सागपात र ७१ ग्राम प्रोटिन उपलब्धता छ । त्यहाँको शिशु मृत्युदर अमेरिकाको भन्दा कम छ भने सरदर आयु ८० वर्ष पुगेको छ । शिक्षा पूरै निःशुल्क छ भने स्वास्थ्य सेवा पनि निःशुल्क लिन पाइन्छ।

सन् १९८९ देखि समाजवादी देशहरूको आपसी आर्थिक सहयोग परिषद् (सिएमइए) ले क्युवालाई दिँदै आएको सुविधा कटौती गरिदियो । सोभियत संघको विघटनपछि क्युवाको आयात–निर्यात पूरै डाँवाडोल भयो । त्यसभन्दा अघि ९८ प्रतिशत पेट्रोलियम पदार्थ रुसबाट आयात हुन्थ्यो । १९८८ मा १.३ करोड टन तेल आयत गरेको क्युवाले १९९१ मा ६० लाख टन मात्र प्राप्त गर्न सक्यो । खाद्यान्नको ६६ प्रतिशत, औद्योगिक कच्चा पदार्थको ८६ प्रतिशत, कृषि औजारको ८० प्रतिशत आयात तिनै समाजवादी देशहरूबाट हुन्थ्यो भने ६६ प्रतिशत चिनी र ९८ प्रतिशत अमिलो जातका फलफूल तिनै देशहरूमा निर्यात हुन्थ्यो । सोभियत संघको विघटनपछि चिनीमा हुने आम्दानी ५४ हजार मिलियन डलर (१९८९) बाट घटेर साढे ११ हजार मिलियन डलर (१९९३) मा झ-यो । 

उत्पादनका काम ठप्प भए, यातायाका साधन चल्न छाडे, भोकमरी सुरु भयो । क्युवा फेरि अर्को चौपटको चौघेरामा प¥यो । ठीक त्यही समयमा ७० प्रतिशत खेती गरिएको जमिनमा केही न केही क्षयीकरण भएको, १० प्रतिशत भूभाग नुनिलो भएको, ठुल्ठूला ट्र्याक्टर एवं मेसिनको प्रयोगले २५ प्रतिशत जमिनको माटो निकै खाँदिएको र डल्ला पर्ने समस्याले ग्रस्त भएको, ५६ प्रतिशत जनता गाउँमा बस्ने (१९५९) गरेकोमा बसाइँ सराइले ३० वर्षमै यो संख्या २८ प्रतिशतमा झरेको रिपोर्ट वातावरण संरक्षण राष्ट्रिय आयोगले सार्वजनिक ग-यो । यो संकट आफ्नो इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गर्न क्युवा बाध्य हुँदै थियो । यस्तो संकटको वेलामा फेरि अमेरिकाले १९९२ मा दण्डात्मक कानुन (टोरिसेली बिल) ल्याएर व्यापारी नाकाबन्दीलाई अरू कसिलो बनायो भने १९९६ मा अर्को कानुन पारित गरेर अमेरिकी वा अमेरिकी मित्रदेशहरूले खाद्यान्न र औषधीसमेत क्युवामा बेच्न नपाउने बनायो । 

कम्युनिस्ट पार्टी, समाजवादी सत्ता र त्यसको नेतृत्व अर्को कठिन परीक्षामा प्रवेश ग-यो । जहाँ उपभोक्ता त्यही“ उत्पादन (विकेन्द्रीकरण) को क्रियात्मक नारा बन्यो । यातायातका लागि साइकल प्रयोग हुन थाल्यो । ट्र्याक्टरको ठाउँमा गोरु र उँट प्रयोग हुन थाले । स्थानीयस्तरमा जे सम्भव हुन्छ, त्यस्तै मल प्रयोग गर्ने प्रक्रियासँगै मलको लागि व्यापकतामा गड्यौला पालन सुरु भयो । फेरि जनता, नेता, कार्यकर्ता, सेना, कर्मचारी सबै क्युवाली माटोसँग दैनिकी बिताउने जीवनमा प्रवेश गरे । 

कृषि मन्त्रालयले आफ्नो हेडक्वार्टर अगाडिको दुबोको चौर मासेर केरा, सिमी र साग रोपेर उत्पादन अभियानको सुरुवात ग-यो । सेनाले ‘खाद्य उत्पादन हाम्रो कार्यभार’ भन्दै ‘अबदेखि सेनाले नागरिकको स्रोतबाट खाद्यान्न लिँदैन । बरु हामीलाई चाहिएभन्दा बढी उत्पादन गरेर जनतालाई मद्दत गर्नेछौँ’ भन्यो । समाजवादी सरकारले युवाहरूलाई एकवर्षे अनिवार्य सैनिक तालिमको सट्टा ‘उत्पादन युवा कार्यदल’ बनाएर ९३ वटा ठूला कृषि फार्म सञ्चालन गर्ने जिम्मा लगायो । 

सन् १९८९मा प्रयोग भएको २० हजार टन रासायनिक विषादी घटाएर २००४ मा एक हजार टनमा झारियो । कम्पोस्ट र जैविक (गड्यौला) को उत्पादन १९९८ मा ७ हजार टन र २००३ मा १० लाख टन पु-याइयो । १९६० ताका क्युवामा चार लाख हल गोरु थिए भने १९८९ सम्म पुग्दा कतै–कतै मात्र गोरु देखिन्थे । त्यसपछि मासुका लागि गाईगोरु काट्न नपाइने अभियान चल्यो । १९९७ मा गोरु प्रदर्शनी भयो । त्यहा“ २ हजार ३४४ हल गोरु जम्मा भए भने ६४ हजार २७९ किसान सहभागी बने । २००२ सम्म आइपुग्दा ३ लाख हलभन्दा बढी गोरु काममा लगाउन थालियो । 

क्युवाली किसानकै ज्ञान र सीपका आधारमा नयाँ हलो निर्माण गरियो । जसले जोत्ने, डल्ला फुटाउने, ड्याङ बनाउने, चपरी फर्काउने, माटो मसिन्याउने, बिउ छर्ने, छापो हाल्ने कामको प्रयोगले ख्याति पायो । यस्तो हलो क्युवामा ८० प्रतिशत किसानले प्रयोग गरिरहेका छन् । १९९० मा जम्मा १४ प्रतिशत जंगल बाँकी भएको क्युवामा २००६ मा पुग्दा जंगलको हिस्सा २४ प्रतिशत पुगेको थियो । राजधानीमा २० लाख रूख रोपिए भने हेक्टरका हेक्टर जमिनमा वृक्षरोपण, बाँस र निगालाको हरिया बार, खेतबारीका डिलमा साना बिरुवा रोप्ने अभियान निकै सफल भयो । यस अभियानले मसिना तर अनगिन्ती फाइदा, जस्तै– चराहरूको आकर्षण र तिनले बालीमा लाग्ने किराहरूको नियन्त्रण, उड्ने किराहरूको आकर्षणले परागसेचनमा सहयोग, चिस्यान र भूमिगत पानीको सतह बढाउने, कार्बनडाइअक्साइडको अपशेषन आदि संगठित ग-यो । 

संकटकै बीचमा सहरी करेसाबारी अभियान चलाइयो । १९९५ मा ५० हजार घरहरूमा २८ हजार करेसाबारी बने । सहरका सबै खाली ठाउँमा खाद्यान्न उत्पादन गर्न थालियो । शून्यबाट सुरु भएर १९९४ मा सहरी खेतीबाट ७ हजार टन र २००६ मा ३० लाख टन खाद्यान्न उत्पादन भयो । क्युवामा उत्पादन हुने सम्पूर्ण तरकारीको ६० प्रतिशत हिस्सा राजधानी हवानामा मात्र उत्पादन हुन थाल्यो । 

क्युवालीहरूले बुझे कि चिनी निर्यात गरेर आवश्यक जति सबै वस्तु आयात गर्नका लागि जमिन सत्यानास गर्नुजस्तो मूर्खता अरू केही हुँदैन । यही बुझाइको परिणाम ११५ वटा चिनी कारखानामध्ये ११० वटा कारखाना बन्द गरिए भने उखु लगाउने जमिनमा खेती गर्ने र जंगल हुर्काउने काम गर्न थालियो । आज क्युवाली जनतालाई प्रतिदिन प्रतिव्यक्ति २६ सय क्यालोरी खाद्यान्न, आधा केजी ताजा सागपात र ७१ ग्राम प्रोटिन उपलब्धता छ । त्यहाँको शिशु मृत्युदर अमेरिकाको भन्दा कम छ भने सरदर आयु अमेरिकाको बराबर (८० वर्ष) पुगेको छ । शिक्षा पूरै निःशुल्क छ । स्वास्थ्य सेवा निःशुल्क लिन पाइन्छ । आवास निःशुल्क वा निकै धेरै अनुदानमा प्राप्त हुन्छ । शुल्करहित मेडिकल कलेजमा पढ्ने सबै विद्यार्थीले पढाइ सकेपछि आफ्नो छिमेकी गरिब समुदायको बीचमा बसेर सेवा गर्नुपर्छ । २०१० पछि क्युवामा गाउँतिर बसाइ–सराइ फर्किएको छ । 

वन्यजन्तु कोषको लिभिङ प्लानेट प्रतिवेदनले भनेको छ, ‘विश्वमा क्युवा मात्र त्यस्तो देश हो, जसले वास्तवमै दिगो विकास हासिल गरेको छ ।’ उसको प्रतिवेदनअनुसार क्युवा उच्च तहको साक्षरता दर, लामो औसत आयु, नवीकरण नहुने ऊर्जा र खनिज पदार्थको कम उपयोग गर्ने देश भएको पुष्टि गरेको छ । 

पार्टी नेतृत्वको देशप्रतिको माया, जनताप्रतिको विश्वास, वर्गप्रतिको प्रतिबद्धता र सर्वहारा नैतिकतामा खरो उत्रने चेतना संकटसँग भिड्ने र सफल हुने आधार थिए । भौतिक उत्प्रेरणाबाट पार्टीमा आकर्षित हुने र पार्टी चलाउने प्रक्रियाले यसको उच्च तहमा समेत भ्रष्टाचार, तस्करी र लागुऔषधमा संलग्नता नदेखिएको होइन, तर फिडेल नेतृत्वको पार्टीले बेलैमा कमजोरी पहिचान गर्ने र सच्याउने अभियान थाल्यो । परिणाम, पार्टीलाई बदनाम हुनबाट बचायो र अघि बढ्यो । त्यहा“को नेतृत्व फिडेल, राउललगायतले मिलिसियाले लगाउने हरियो रंगको कपडाबाहेक अरू लगाएनन् । उनीहरूले कुनै क्षण पनि म जित्छु, मेरो सफलता, मैले गरेको भनेनन् । उनीहरूले हमेसा हामी सँगै हुन्छौँ । हाम्रो वर्गले जित्छ । समाजवाद विजयी बन्छ भन्ने सामूहिक चेतनामा जनताबीचमै बसेर नेतृत्व प्रदान गरे । फिडेल जिउँदो छँदै २०११ मा उनीभन्दा पहिला कम्युनिस्ट बनेका भाइ राउललाई पार्टी र राज्यसत्ताको नेतृत्व हस्तान्तरण गरे । राउलले पनि एउटा अवधि (२०१८) पछि राज्यसत्ताको नेतृत्व मिगेल डिआस कलेनलाई जिम्मा लगाएर नया“ संस्कृतिको थालनी गरे । 

छिचोल्नै नसक्ने खालका संकटलाई मौलिकतामा हल खोजेर अघि बढेको क्युवा, क्युवा कम्युनिस्ट पार्टी र सर्वहारा वर्गीय समाजवादी सत्ता आज पनि गाढा उज्यालो बनेर बलिरहेको छ । सन् १९७० पछि अन्तर्राष्ट्रिय जगत्लाई सहयोग गर्ने काम पेरुमा ६ वटा अस्पताल बनाएर सुरु गरेको क्युवाली मानवताको चेतना आज कोरोना महामारीमा पनि उसरी नै देखियो । कोरोना संक्रमणबाट तवाह भएको विश्वमा फेरि क्युवाले दर्जनौँ डाक्टर र स्वास्थ्यकर्मी एवं स्वास्थ्य सामग्रीसहित इटली पठायो । क्युवाको समाजवादी चेतना र नेतृत्वबाट हाम्रो कम्युनिस्ट पार्टी, यसको नेतृत्वको सरकार, समाजवादउन्मुख राज्यले किन नसिक्ने ? 

(न्यौपाने नेकपा केन्द्रीय कमिटी सदस्य हुन्)