मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २१ आइतबार १७:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरिएका मोटरसाइकल २० जनाले फिर्ता पाए 

Read Time : < 1 मिनेट
२०७७ असार २१ आइतबार १७:५०:००

काठमाडौंमा विभिन्न समयमा चोरी भएका मोटरसाइकल बरामद गरी प्रहरीले सम्बन्धित धनीलाई फिर्ता दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले २० वटा मोटरसाइकल फिर्ता दिएको हो ।

परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मोटरसाइकल फिर्ता दिएका हुन् । चोरिएपछि फिर्ता पाउने थोरै मात्र आस भए पनि प्रहरीले पत्ता लगाएर फिर्ता दिएकोमा सर्वसाधारणले प्रहरीलाई धन्यवाद दिएका छन् ।

चोरिएका मोटरसाइकल खोज्न विशेष टोली परिचालन गरी बरामद गरिएको काठमाडौं परिसरका एसएसपी ज्ञवालीले बताए । मोटरसाइकल चोरीजस्ता अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक हातेमालोे गर्दै अघि बढ्ने उनको भनाइ छ ।