मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौैं
२०७७ असार २१ आइतबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच वर्षदेखि फरार प्रशासकीय अधिकृत पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
२०७७ असार २१ आइतबार १७:१८:००

विदेशी नागरिकलाई नेपाली नागरिकता र पासपोर्ट बनाइदिएको अपराधमा  फरार रहेका जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले उनलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।
 
उनीविरुद्ध अदालतले समेत वारेन्ट जारी गरेको थियो । पाँच वर्षदेखि फरार रहेका आचार्यलाई इन्स्पेक्टर साकारराज पन्तको टोलीले पक्राउ गरेको हो । 

उनलाई अदालतमा बुझाएको झापा प्रहरीले जनाएको छ । आर्थिक प्रलोभनमा परी उनीलगायत कर्मचारीले नागरिकता र पासपोर्ट बनाइदिएको प्रहरीको दाबी छ ।