मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २१ आइतबार १५:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोमा पुरिएर कालिकोटमा एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार २१ आइतबार १५:०१:००

कालिकोटको नरहरिनाथ गाउँपालिका– ७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको ज्यान गएको छ । 

माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीय ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो । 

भैँसीगोठबाट पानी लिन गएकी बटालाकाे पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए । 

‘भैँसीगोठबाट पानी लिन जाँदा बीचबाटोमा पहिरो खसेर पहिराेले महिलालाई बगाएको हो,’ उनले भने, ‘घटनास्थलमै मृत्यु भएको र प्रहरी चौकी कुमालगाँउबाट घटनास्थलमा प्रहरीको टोली पठाएर मृतक बटालाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।’