मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २१ आइतबार १४:३१:००
Read Time : < 1 मिनेट
समाचार

नेकपा विवाद : बालुवाटार छलफल विनानिष्कर्ष सकियो, भोलि दुई अध्यक्षबीच फेरि वार्ता हुने  

Read Time : < 1 मिनेट
२०७७ असार २१ आइतबार १४:३१:००

नेकपामा देखिएको विवाद समाधान गर्न पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार दिउँसो बालुवाटारमा भएको छलफल सकिएको छ ।

अध्यक्षबीच भएको छलफलमा नेकपाका नेताहरू जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन, विष्णु पौडेल र शंकर पोखरेल पनि सहभागी थिए । आजको छलफल ठोस निष्कर्षमा पुग्न सकेन ।  

वार्तामा सहभागी नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले सोमबार दुबै अध्यक्षबीच पुनः वार्ता हुने गरी आजको छलफल सकिएको जानकारी दिए ।

सबै विषयमा खुलस्त कुरा भएको र  छलफल सकारात्मक दिशातर्फ अघि बढेको शर्माले बताए । 

सोमबार नेकपाको स्थायी कमिटी बैठक पनि बस्दै छ । स्थायी कमिटी बैठकअघि दुवै अध्यक्षबीच फेरि वार्ता हुने तय भएको हो ।