१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रमेश रावल सुर्खेत
२०७७ असार २१ आइतबार १३:५५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीमा दुई चिकित्सकले कोरोनामाथि पाए विजय

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ असार २१ आइतबार १३:५५:००

कर्णालीमा कोरोना संक्रमित भएका दुईजना चिकित्सक निको भएका छन् । कर्णाली प्रदेश अस्पतालमा कार्यरत दुईजना चिकित्सकलाई कोरोना संक्रमण देखिएको थियो । 

कर्णाली प्रदेश अस्पतालमा कार्यरत कोरोना रोकथाम नियन्त्रणका लागि खटिएका एक वरिष्ठ चिकित्सक र एक अर्का चिकित्सकलाई ११ असारमा कोरोना संक्रमण देखिएको थियो । 

कोरोना संक्रमण देखिएका चिकित्सकलाई प्रदेश अस्पतालको निवास क्षेत्रको आइसोलेसनमा राखिएको र पुनः परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट बाहिर आएका ती चिकित्सकले बताए । 

‘हामीले कोरोना संक्रमण जितेका छौँ,’ उनले भने, ‘अबको हप्ता दिनपछि नियमित काममा फर्कन्छौँ ।’

कर्णालीमा २३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

संक्रमितमध्ये धेरैजसो निको भएर फेरि काममा फर्किसकेका छन् ।