१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार २१ आइतबार ०९:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बन्चरो प्रहार गरी छिमेकीको बीभत्स हत्या 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार २१ आइतबार ०९:३२:००

कञ्चनपुरमा एक व्यक्तिले बन्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । पुनर्वास नगरपालिका- ५ का ४७ वर्षीय गोरे भनिने गोरखबहादुर खड्काले छिमेकी ४८ वर्षीय गोपाल कुँवरको हत्या गरेका हुन् । 

गएराति खड्काले कुँवरकै घरमा गएर बन्चरो प्रहार गरी हत्या गरेका छन् । दुई छिमेकीबीच सामान्य विवाद हुँदा खड्काले कुँवरको घाँटीमै बन्चरो प्रहार गरेको स्थानीयले बताएका छन् । 

स्थानीय एवं वडाध्यक्ष वीरबहादुर बोगटीले दुई छिमेकीबीच आपसी विवाद हुँदा खड्काले कुँवरमाथि बन्चरो प्रहार गरी हत्या गरेर फरार भएको बताए ।

वडाध्यक्ष बोगटीले भने, ‘साँझको खाना खाएर कुँवरदम्पती सँगै बसेका थिए । त्यही समयमा घरबाटै बन्चरो बोकेर गएका खड्काले कुँवरको घरभित्रै गएर विवाद मात्रै गरेनन् बीभत्स हत्या गरेर फरार भएका छन् ।’ 

खड्काको बन्चरो प्रहारबाट कुँवरको घटनास्थलमै मृत्यु भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएन । कुँवरको हत्या गरी फरार भएका खड्काको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज वकिलबहादुर सिंहले जानकारी दिए ।

फरार अभियुक्तको खोजीका लागि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । खाना खाएर बसिरहेको समयमा आफ्नै आँखाअगाडि श्रीमानको हत्या भएपछि मृतककी श्रीमती अचेत छिन् । घरपरिवार शोकमा डुबेको छ ।