मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २० शनिबार २२:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई नेकपा प्रवक्ताको जवाफ– महाअभियोगबारे झुटाे प्रचार नगरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २० शनिबार २२:२२:००

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटाे प्रचार नगर्न आग्रह गरेका छन् । उनले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रपति संस्थाको अवमूल्यन नगर्न आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्री केपी  ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने तयारीको सूचना आफूले पाएको दाबी गरेको केही समयपछि श्रेष्ठको यो भनाइ सार्वजनिक भएको हो । 

उनले भनेका छन्- हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो  गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौँ । राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटाे प्रचार कसैले नगरौँ । राष्ट्रपति संस्थाको अवमूल्यन नगरौँ । राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ ।