Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २० शनिबार २०:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले भने– म दुवै पद छोड्दिनँ

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार २०:५२:००

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि आफू दुवै पद त्याग्ने पक्षमा नरहेको बताएका छन् । नेकपाभित्रको शक्ति–संघर्षले पार्टीभित्र विभाजनसम्मको खतरा देखिएपछि शनिबार मन्त्री, राज्यमन्त्री र आफ्नो सल्लाहकार टिमसहितको विस्तारित बैठक राखेर पार्टीभित्रको संकटबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । 

‘अहिले हाम्रो काँधमा पार्टी एकता, राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आएको छ, त्यसमा मैले पनि दायाँ–बायाँ गर्दिनँ, तपाईंहरूले पनि गर्नुहुन्न,’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भनिन्, ‘उहाँले यदि राष्ट्रियता जोगिन्छ, कम्युनिस्ट आन्दोलन जोगिन्छ भने म दुवै पद छोड्न तयार छु, तर राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुवैमा खतरा उत्पन्न हुन्छ भने म दुवै पद छोडेर कमजोर हुन्नँ र त्याे हुन दिन्नँ भन्नुभएको छ ।’

ब्रिफिङअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए । बैठकमा महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मात्र केही भनाइ राखेका थिए । उनले केन्द्रीय सचिवालय र स्थायी कमिटी दुवै पार्टी एकता जोगाउन अक्षम हुँदै गएको भन्दै जुनसुकै मूल्य चुकाएर भए पनि केन्द्रीय कमिटीले पार्टी एकता जोगाउने धारणा राखेका थिए ।