मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपेन्द्र ढुंगाना ई कलाकारको खबरदारी (फोटोफिचर) काठमाडौं
२०७७ असार २० शनिबार १८:१०:००
Read Time : < 1 मिनेट
फिचर

सरकारलाई कलाकारको खबरदारी (फोटोफिचर)

Read Time : < 1 मिनेट
दीपेन्द्र ढुंगाना, ई कलाकारको खबरदारी (फोटोफिचर) काठमाडौं
२०७७ असार २० शनिबार १८:१०:००

शिल्पी थियटर र ज्ञानदवुले ‘अभिभावकविहीन जनता’ शीर्षकमा खबरदारी कला प्रस्तुत गरेका छन् । पाटन दरबार स्क्वायर परिसरमा थियटरका कलाकारले शनिबार नाटक प्रस्तुत गरेका हुन् ।

सो क्रममा रविन्द्र श्रेष्ठ र रवि मिश्रले आफ्ना कला पनि प्रदर्शनीमा राखेका थिए । नागरिक अभिभावकविहीन भएकाे भन्दै सरकारलाई खबरदारी गर्न कार्यक्रम गर्नुपरेको आयोजकले बताएका छन् । जनतालाई थेरापी, राज्यलाई चुनौती दिन कलात्मक तवरले खबरदारी गर्नुपरेको लेखक युग पाठकले बताए । राज्यका विसंगतिविरुद्ध कलाकारहरूले पनि सक्रिय रूपमा बोल्नुपर्ने आवश्यकता महसुस भएपछि खबरदारीमा उत्रिनुपरेको बताउँछन् शिल्पी थियटरका क्रियटिभ डाइरेक्टर घिमिरे युवराज । कलाकार रवीन्द्र श्रेष्ठले सरकार आफ्नै मनोमानीमा कुहिराेको कागझैँ विलीन हुँदै गएकोले सरकारलाई खोज्न सिर्जनासहित सडकमा आउनुपरेको बताए ।