मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २० शनिबार १६:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीका ११ हजार आठ सयलाई डेंगु

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार १६:४५:००

एडिस एजज्प्लाई नामक लामखुट्टेको टोकाइबाट लाग्ने सरुवा रोग डेंगुबाट बागमती  प्रदेशका ११ हजार ई सय ३२ जना संक्रमित भएका छन् ।

सामाजिक विकासम मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार विगत तीन वर्षमा बागमतीका १३ जिल्लाका ११ हजार ई सय ३२ जनामा डेंगु संक्रमण देखिएको हो । आर्थिक वर्ष ०७४/७५ मा चार सय ६५, ०७५/७६ मा एक सय ५३ र ०७६/७७ को जेठसम्ममा ११ हजार दुई सय १४ जनामा यो संक्रमण देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 

जसमध्ये चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा ६ हजार एक सय १६ महिला र पाँच हजार सात सय १६ जनामा यो रोग फेला परेको निर्देशक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार मकवानपुर, चितवन र धादिङमा डेंगुका संक्रमित बढी फेला परेका छन् । वर्षातकाे समयमा सफा पानी जमेको स्थानमा डेंगु संक्रमण फैलाउन लामखुट्टेले फुल पार्ने हुनाले हालको मौसममा यसको जोखिम बढेका कारण कोरोना सँगसँगै यसबाट पनि बच्न जरुरी रहेको निर्देशक अधिकारीले बताए ।

यस वर्ष हालसम्म २५ जनामा मात्र डेंगु संक्रमण भेटिएकाले यसपटक धेरै जोखिम नरहेको निर्देशनालयको दाबी छ । गत वर्षको तुलनामा यस वर्ष संक्रमितको संख्या न्यून भएका कारण सचेतनामा वृद्धि भएको अधिकारीको भनाइ छ ।

यसैगरी औलोको संक्रमणसमेत देखिने हुँदा यसका रणनीति र योजनाअनुसार काम भइरहेको निर्देशनालयले जनाएको छ । यस वर्ष औलोको बढी जोखिममा सिन्धुली रहेको र कम जोखिममा पहाडी जिल्लाहरू रहेको निर्देशक अधिकारीले जानकारी दिए ।