१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएनआई इस्लामावाद
२०७७ असार २० शनिबार १६:१२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

पाकिस्तानका विदेशमन्त्रीलाई कोराेना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
रासस/एएनआई इस्लामावाद
२०७७ असार २० शनिबार १६:१२:००

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

लक्षणका आधारमा परीक्षण गर्दा शुक्रबार उनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट संक्रमित पुष्टि भए पनि विदेशमन्त्री कुरेसीले घरमा अलग्गै बसेर काम गर्ने भएका छन् । 

‘सुरुमा मलाई ज्वरो देखियो, त्यसपछि म छुट्टै बसेर कोरोना परीक्षण गराएँ, नतिजामा संक्रमण देखियो, म अब सेल्फ क्वारेन्टाइनमै बस्छु र म यहीँबाटै काम पनि गर्छु,’ संक्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । 

पछिल्लो विवरणअनुसार पाकिस्तानमा दुई लाख २३ हजार सात सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणबाट त्यहाँ चार हजार पाँच सय ९२ जनाको मृत्यु भएको छ ।