मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २० शनिबार १५:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध 

Read Time : < 1 मिनेट
२०७७ असार २० शनिबार १५:०१:००

कोरोना संक्रमणबाट मृत्यु भएका पालुङटार नगरपालिका– ७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् ।

शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गोरखा नगरपालिका– १२ र सहिद लखन थापा गाउँपालिका– १ बक्राउको सीमामा पर्ने लुदी दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरेको  थियो । समितिकाे निर्णयको विरोध गर्दै स्थानीय आक्रोशित बनेका हुन् ।  

आफ्नो वडामा शव गाड्दा स्थानीयमा त्रास छाउने सहिद लखन थापा गाउँपालिका–१ का वडा अध्यक्ष दीपबहादुर केसीले बताए । पालुङटारमा घर भएका व्यक्तिको शव लुदी दोभानमा गाड्ने भनेपछि स्थानीयहरूलाई असुरक्षित बनाएको उनको भनाइ छ । शव व्यवस्थापनका लागि अन्तै ठाउँ खाेज्नुपर्ने उनले बताए । 

यस्तै गोरखा अस्पतालबाट एम्बुलेन्समा शव लाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकरी सुरेन्द्र पौडेलले जानकारी दिए । पौडेलले हाल स्थानीयहरूसँग छलफल भइरहेकोे बताए । स्थानीय अवरोध हटाउन प्रहरी परिचालन गरिएको छ । 

पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको गोरखा अस्पतालको आइसोलेसनमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । उनलाई ६–७ वर्ष देखि मधुमेहको समस्या थियो । 

बिहीबार कोरोना पुष्टि भएसँगै जीवनज्योति मावि क्वारेन्टाइनबाट शुक्रबार राति उनलाई गोरखा अस्पतालको आइसोलसनमा भर्ना गरिएको थियो । उनी कतारबाट गत मंगलबार पालुङटार आइपुगेका थिए ।