मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/सिन्ह्वा काबुल
२०७७ असार २० शनिबार १४:५६:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना संक्रमणबाट अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको मृत्यु

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा काबुल
२०७७ असार २० शनिबार १४:५६:००

अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रण मामिला विशेष सल्लाहकार मोहम्मद युसुफ गाजनफारको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ ।

टर्कीको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको राष्ट्रपति कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

गजानफारको शुक्रबार अस्पतालमा निधन भएको हो । उनलाई हालै कोरोना भाइरस संक्रमण भएको र अफगानिस्तानमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो । 

फेब्रुअरीमा पहिलोपटक कोरोना संक्रमण देखिएको अफगानिस्तानमा हालसम्म ३२ हजारभन्दा बढी संक्रमित छन् । त्यहाँ कोभिड–१९ संक्रमणबाट आठ सय १९ जनाको मृत्यु भएको छ ।