मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार २० शनिबार ११:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेताविशेषलाई छैन : जनार्दन शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार २० शनिबार ११:५७:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेताविशेषलाई नभएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले नेकपाभित्रको विवाद हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रूपमा देखिएकाले दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्न नहुने  उल्लेख गरेका छन् ।

नेकपाभित्रको विवाद सीमित नेताहरूको समस्या मात्रै नभएको उनले स्पष्ट पारेका छन् । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका कार्यकर्तामा जिम्मेवारी आएको उनको भनाइ छ ।

उनले कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘म दृढतापूर्वक भन्न चाहन्छु, पार्टी फुट्दैन, फुटाउन दिइँदैन । पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपूर्तिको हतियार बन्न दिनुहुँदैन। तसर्थ एकता गर्दा गरिएका सहमति, आमजनता र कार्यकर्ताको सुझाबको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रूपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौँ ।’

सबै नेता कार्यकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न उनले अपिलसमेत गरेका छन् ।