मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार १९ शुक्रबार २०:०५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार २०:०५:००

गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट पारित भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकले बहुमतले बजेट पारित गरेको हो ।

१ असारको प्रदेश सभा बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट सार्वजनिक गरेका थिए । प्रदेशको चालू वर्षको बजेट ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रहेको छ । बजेट प्रस्तुत भएसँगै विनियोजन विधेयकमाथि करिब एक साता छलफलपछि बिहीबार विनियोजन विधेयक पारित भएको र शुक्रबारको बैठकले बजेट पारित गरेको हो ।

बजेटले स्वास्थ्य क्षेत्र, शिक्षा, पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, सिर्जनशील मानव पुँजी निर्माण तथा विकास र सुशासनलाई समृद्ध प्रदेश निर्माणका आधार मान्दै सोहीअनुसार लगानीलाई उच्च प्राथमिकता दिएर रकम विनियोजन गरेको छ । कुल बजेटमध्ये चालूतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार, पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ । बजेटले भैतिक पूर्वाधार विकासका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ ।