मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १९ शुक्रबार १८:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्वारेन्टाइन व्यवस्थापनमा सरकार चुक्यो : पर्यटनमन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १९ शुक्रबार १८:११:००

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले क्वारेन्टाइन व्यवस्थापनमा सरकार चुकेको स्वीकार गरेका छन् । कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास सकारात्मक भए पनि क्वारेन्टाइन व्यवस्थापनमा चुकेको उनको भनाइ छ । 

क्वारेन्टाइनको राम्रो व्यवस्था नहुँदा संक्रमण बढेको उनको भनाइ छ । उनले भारतीय सीमा क्षेत्र खुला भएका कारण नेपालमा कोरोना संक्रमण रोकथामको ठूलो चुनौती रहेको बताए । नाकाबन्दी हुँदा पनि सहज ढंगले मानिसहरूको आवतजावत भएका कारणले पनि संक्रमणको दर बढेको उनको भनाइ छ  

मन्त्रालयले आफ्नो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सीमा क्षेत्रबाट निर्वाध रूपमा नेपाल भित्रिने क्रम बढेपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको बताए । विश्वका अन्य मुलुकहरूको अवस्था हेर्दा नेपाल सरकारले गरेका प्रयासहरू सकारात्मक रहेको उनको तर्क छ । 

सरकारले संक्रमण नियन्त्रणका लागि राम्रा कामहरू गरेपछि केहीले विरोधका लागि विरोध गरेको उनको दाबी छ । नियतवश खोट लगाउनुबाहेक अरू हिसाबले खोट लगाउनुपर्छ जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।