मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ असार १९ शुक्रबार १४:३७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

साथीको हत्या गरेको आरोपमा दुईजना कारागार चलान

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ असार १९ शुक्रबार १४:३७:००

स्याङ्जामा आफ्नै साथीको हत्या गरेको अभियोगमा दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्लाको गल्याङ नगरपालिका– ४ बस्ने ३९ वर्षीय चन्द्रकान्त न्यौपाने र ३९ वर्षकै नामदेउ न्यौपाने पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।  उनीहरूमाथि गल्याङ नगरपालिका– ४ बस्ने ३२ वर्षीय पदम पाण्डेको हत्या गरेको अभियोग छ । 
 
गत जेठ २१ पाण्डे गल्याङ नगरपालिका– ५ हक्तुङ सपौदे भिरमा मृत अवस्थामा फेला परेपछि २४ जेठमा चन्द्रकान्त र नामदेउविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेकाे थियाे । पीडितको उजुरीका आधारमा उनीहरूलाई २४ गते नै प्रहरीले पक्राउ गरेको थियो ।

डिएसी अधिकारीका अनुसार मृतक पदम चन्द्रकान्त र नामदेउसँग खसी काटी खाने भनेर घरबाट गल्याङ नगरपालिका– ५ सानोखोलामा गएका थिए । अनुसन्धानपछि उनीहरूबीच सोही स्थानमा झगडा भएको र पाण्डे घाइते भएको खुल्न आएको प्रहरीको भनाइ छ ।

पाण्डेले घरबाट हिँड्दा लगाएको रातो, सेतो र कालो रङ मिश्रित ज्याकेट गल्याङ नगरपालिका– ५ भर्लामा र मोबाइल नामदेउ न्यौपानेको घरमा फेला परेको सूचना अधिकारीले जानकारी दिए ।

प्रहरीले घटनासँग सम्बन्धित सबुद प्रमाणसमेत बरामद गरी सम्पूर्ण अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत अभियोग लगाई प्रतिवादी चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपानेलाई स्याङ्जा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।