१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १९ शुक्रबार १४:२२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रधानमन्त्री ओलीकाे पक्षमा भक्तपुरमा प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ असार १९ शुक्रबार १४:२२:००

सत्तारुढ दल नेकपा भित्र चर्केको अन्तद्वन्दका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा भक्तपुरमा युवाहरुले प्रदर्शन गरेका छन् । 

नेकपाभित्र चर्केको विवादका कारण प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै माग उठेपछि उनको समर्थनमा नेकपाका युवा नेता तथा कार्यकर्ताहरुले प्रदर्शनमा उत्रिएका हुन् । केही स्वतन्त्र नागरिक र व्यवसायीसमेत समर्थनमा सडकमा निस्किएका छन् । 

भक्तपुर ओलीका विश्वास पात्र मानिने नेकपाका नेता महेश बस्नेतको क्षेत्र हो । 

स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतमसहितका नेताहरुले राजीनामा मागेपछि ओलीको समर्थनमा भक्तपुरमा पनि उनी निकट कार्यकर्ताहरुको अगुवाईमा प्रदर्शन भएको हो ।

प्रदर्शनका क्रममा उनीहरुले नेपालमा बसेर भारतीय दलाली गर्ने नेताहरुमाथि खवरदारी गर्ने उद्घोष गरे । 

उनीहरुले प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाइँदैन भन्दै सुर्यविनायकमा नाराबाजी गरेका थिए ।