१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १९ शुक्रबार १३:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होटेल व्यवसाय छिटै सञ्चालनमा आउँछ : मन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १९ शुक्रबार १३:३४:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटेल व्यवसाय छिटै सञ्चालनमा आउने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताए । अहिलेको पर्यटक/ग्राहक नै आउन नसक्ने अवस्थामा होटेल सञ्चालन गरेर मात्रै नहुने उनले  बताए । 

व्यवसायीहरूले सञ्चालन अनुमतिका लागि पटक–पटक आग्रह गरे पनि छलफल चलिरहेको उनकाे भनाइ छ । भोलि होटेल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको उनले बताए । उनले भने, ‘मान्छे आएर बस्नुपर्‍यो,  पर्यटकहरू आउनुपर्‍यो । आन्तरिक पर्यटक पनि आउनुपर्‍यो । होटेलमा बस्न सुरक्षित छैन । सामाजिक दूरी छैन । अरू उपायहरू अवलम्बन भएको छैन भने होटेल खोलेर मात्रै को आउँछ ? त्यसैले प्रत्येक पर्यटकीय क्षेत्रहरूलाई आवश्यक प्रोटोकल तयार गर्नुहोस् भनेर जारी भएको छ । सबै ठाउँमा पुगेको छ ।  सबै होटेल व्यवसायीहरूले त्योअनुसार आफूलाई तयारीमा राख्नुपऱ्याे ।’  व्यवसायीहरूले होटेल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उनले बताए  ।

एयरलाइन्सहरूले पनि आवश्यक प्रोटोकल बनाएका छन् । तर, सञ्चालनका लागि केही समय अझै लाग्ने उनले बताए । होटेल र एयरलाइन्ससँग अरू कुराहरू पनि जोडिएको उनले बताए ।  कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उनले अरू देशहरूको तथ्यांक अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरूसँग सल्लाह गरी छिट्टै सञ्चालनका लागि सिसिएमसीमा प्रस्ताव लिएर जाने उनले बताए ।